बर्षेनी मलको आभाव झेल्दै किसान

264 shares

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनीबाट धान रोपे देखि नै मल नपाएको कृषकहरूको गुनासो छ । मल अभावकै कारण देभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन् । कतिपय किसानले मल छरेर धान गो” “धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।” रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुने गरेको कृषकहरूको गुनासो छ । मुख्य गरी चैतदेखि भदौसम्म किसानलाई बढी रासायनिक मल पर्याप्त मल नपाउ“दा कृषकहरू समस्यामा परेको छ ।

पर्याप्त वर्षा नहुनु, समयमै रोपाई नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा कमि आउने भन्दै कृषकहरु चिन्तित भएको हो । धान रोप्ने मौसममा पनि रासायनिक मल नपाएको भन्दै किसान आन्दोलित बनेका थियो ।
अखिल नेपाल किसान महासंघले पत्रकार सम्मेलन गर्दै मलको चरम अभाव भएको र सरकारले तत्काल मल खरिद गर्नुपर्ने माग समेत राखेको थिए । किसानले मुख्य बालीमा लगाउने मल समयमा रासायनिक नपाउदा कृषकरु मर्कमा परेको हो । यो वर्ष मात्र होइन, बर्सेनि रासायनिक मलको हाहाकार भइरहेको छ । बजेट छुट्याएपछि मल आफै“ आउ“छजस्तो गरेर सरकारले बसिदि“दा मलको हाहाकार भइरहेको संघका आरोप थियो ।

किसानहरूले सडकमा मलको माग गर्दै जति कराए पनि सरकारस“ग मलको मौज्दात छैन । रासायनिक मलको आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनीले खरिद गर्ने ५० हजार मेट्रिकटन युरिया असारको दोस्रो साता नेपाल भित्रिएको थियो । यस्तै, साल्ट ट्रेडिङले खरिद गर्ने २० हजार मेट्रिकटन डीएपी र २२ हजार मेट्रिकटन युरिया जेठ मसान्तसम्म नेपाल भित्रिको भनिए पनि प्राविधिक समस्याका कारण केही समय लाग्ने देखिन्छ । हाल कृषि सामग्री कम्पनीस“ग १५ हजार मेट्रिकटन मल मौज्दात छ ।

यो मल केही दिनलाई मात्र पुग्ने छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालले भारत सरकारस“गको जीटुजी प्रक्रियाबाट ल्याउने भनिएको मल प¥याप्ता मल आएको छैन । कोरोनाले विश्वव्यापी रूपमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय रूपमा मलको उत्पादनमा आएको कमी, मूल्यवृद्धि, रुस–युक्रेन युद्धलगायतका कारण आपूर्तिमा समस्या भइरहेकाले समयमा मल ल्याउन नसकिएको कृषि मन्त्रालयका विज्ञपतीमै उल्लेख गरिएको थियो ।

समयमै मल आयातका लागि सम्बन्धित निकायले टेन्डर गरे पनि अन्तर्राष्ट्रिय बजारमै मल अभाव भएका कारण समयमा मल खरिद गरेर ल्याउन नसकिएको उनी स्वीकार्छन् ।