दशैं शुभारम्भ !

279 shares

नेपालीहरूको महान चाड बडा दसैं आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल पूर्णिमासम्म १५ दिने धुमधामसँग मनाइने दसैंको पहिलो दिन सोमबार घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिएको छ । घरको पूजा कोठा वा दसैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौं रोपिएको छ । जसलाई जमरा राखिएको भनिन्छ । केही व्यक्तिले सामूहिक र देवी मन्दिरमा पनि घटस्थापना गर्ने गर्दछन् ।

यसरी नौ दिनसम्म देवीको आरधना गरी १० औं दिन विजया दशमीको दिन प्रसाद मानेर जमरा लगाउने गरिन्छ । घटस्थापनादेखि नौ दिनसम्म महाकाली, महालक्ष्मी, र महासरस्वती माताको विशेष आरधना गर्ने गरिन्छ । देशभरका देवी मन्दिरमा दर्शनार्थीको घु“इचो लाग्ने गर्दछ । काठमाडौंको गुहेश्वरी, दक्षिणकाली र उपत्यकाभित्रका देवी मन्दिरमा दर्शनार्थी परिक्रमा दर्शन गर्ने गर्दछन् ।

सामान्य समयमा मनाउने नवरात्र भने यसपटक शुक्रग्रह अस्त भएको समयमा परेकाले नया“ व्रत लिनेहरूले व्रतभन्दा उपासना मात्र गरेर पूजा गर्दा शुभ हुने छ । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु मुलुक हो । पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्न विजयादशमी मनाउने शास्त्रीय विधान छ ।
दशैं सुरु भएसंगै चाड मनाउन घर फर्किने क्रम सुरु भएको छ । दैनिक ५० हजार बढी काठमाण्डौंबाट बाहिने क्रम सुरु भएको ट्राफिक कार्यालयले जनाएको छ । नेपालीहरुको विशेष पर्व भएकाले यसको महत्व बढ्दै गएको बेलामा चाडबाठ मनाउन बजारमा मूल्य बृद्धिले असर पु¥याएको छ । त्यसैले मूल्य बृद्धि नियन्त्रण गर्न सरकारले ध्यान दिन आवश्यक छ ।