skip this

जीतपुरसिमरा १६ मा हात्तीको आतंक

2.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा जंगली हात्तीको चहलपहल बढेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रबाट निस्केका हात्तीले राजमार्ग अवरुद्ध गर्ने र बालीनाली नष्ट गर्ने क्रम बढेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढ–पथलैया सडक खण्डको टाङ्गियाबस्ती जाने बाटो १६ कि. मि. मा हात्तीले शुक्रबार सा“झ सडक अबरुद्ध गरेको थियो ।

हात्तीले अवरुद्ध पारेपछि सयौं सवारी सधनहरु सडक मै रोकिएको स्थानीय रमेश सापकोटाले जानकारी दिए । ‘हात्ती आजभोली प्रायः दिनै जस्तो सोहि बाटो भएर टाङ्गियाबस्ती जाने गरेको छ,’ सापकोटाले भने–बस्तीमा पसेर बालीनाली समेत नष्ट गर्छ ।’

हात्तीले टांगियाबस्तीमा धान, मकै, केराबरी समेत नष्ट गरिदिने गरेको छ । नष्ट गरिएको बालिको अहिले सम्म सरोकारवाला निकायले क्षतिपूर्ति समेत नदिएको स्थानीय सापकोटाले जनाए ।

हात्तीले सन्त बहारी योन्जनको १० कठ्ठामा लगाएको केरावरी नष्ट पारेको छ । तर जिल्ला वन कार्यालय सिमरामा सम्पर्क गर्दा कुनै पनि चासो नदिएको पीडित किसानहरुको गुनासो छ ।

यता वडा अध्यक्ष हरिदेव खरेलले जंगली हात्तीको कारण जीतपुरसिमरा १६ मा लगाइएको लाखौंको खेतीपाती नष्ट बनाएको बताए । उनले सम्बन्धित निकायले ध्यानाकर्षण गर्नुपर्ने भन्दै नियन्त्रणको लागि पहल जारी रहेको जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630