skip this farak Kura Pravakar

‘सक्किगोनि’मा फर्किए ‘पाँडे’ 

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’मा कलाकार अर्जुन घिमिरे (पाँडे)लाई दर्शकले नदेखेको लामै समय भयो ।

पछिल्ला १२ भागमा दर्शकले उनको अभिनय हेर्न पाएनन् । यो बीचमा थुप्रै दर्शकले उनलाई हेर्न चाहेको बताएका थिए । अब, भने दर्शकले टेलिसिरियलमा (पाँडे)लाई हेर्न पाउने भएका छन् ।

बिहीबारको भागदेखि आफू ‘सक्किगोनि’मा फर्किएको अर्जुनले जानकारी दिए । बुधबार सुटिङमै रहेका उनले अनलाइनखबरसँग भने, ‘लामो समयको अन्तरपछि अभिनयमा फर्किदैछु । केही फरक गरौं भनेर लागिरहेका छौं ।’

अर्जुनकी आमा मस्तिष्क पक्षघातका कारण झण्डै चार महिनादेखि ग्रिनसिटी अस्पतालमा छिन् । उनको अहिलेसम्म होस आएको छैन् ।

आमा बिरामी भएपछि अर्जुन ‘सक्किगोनि’मा देखिन छाडेका थिए । हिमालय टेलिभिजनमा हरेक बिहीबार राती ९ बजे प्रशारण हुँदै आएको ‘सक्किगोनि’मा कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरेको कथा, पटकथा, संवाद र निर्देशन रहँदै आएको छ ।

nijgadh-supermart-adz1200-630