skip this farak Kura Pravakar

प्रियंकालाई पुत्री लाभ

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् । सामाजिक सञ्जालमा एक तस्विर पोस्ट गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । उनले छोरीको नाम आयाङ्का कार्की जोशी नाम दिएकी छन् ।

तस्बिरमा प्रियंका र आयुष्मान निकै खुसी देखिएका छन् । आयुष्मान र प्रियंकाले दुई वर्ष अघि विवाह गरेका हुन् । सिने जगतमा चल्तीकी नायिका प्रियंका गर्भावस्थामा थप चर्चित भएकी थिइन् ।

उनले गर्भावस्थामा गरेका विभिन्न क्रियाकलापमाथि थुप्रैको नजर अडिने गर्दथ्यो । कतिले उनलाई समर्थन गर्थे भने कतिले उनको अत्यधिक आलोचना गर्न पनि छोडेनन् ।

nijgadh-supermart-adz1200-630