महिलाको हकको सम्मान, संरक्षण र प्रवद्र्धनप्रति सबै संवेदनशील हुनुपर्छ –मुख्यमन्त्री अधिकारी
वि.सं.२०७९ फागुन २४ बुधवार १२:०६

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा बधाई तथा शुभकामना गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यक्त गरेका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै महिला दिवसले सामाजिक न्याय र लैङ्गिक समानता कायम गर्दै महिलाको हकको सम्मान, संरक्षण र प्रवद्र्धनप्रति संवेदनशील हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
“गण्डकी प्रदेश सरकारबाट लैङ्गिक समानता तथा महिला शसक्तिकरण, लैङ्गिक मूल प्रवाहीकरण तथा सामाजिक समावेशीकरणको नीतिलाई कार्यरुपमा रुपान्तरण गर्न, नीतिगत, संस्थागत, कार्यविधिगत तथा संरचनागत पक्षलाई विशेष ध्यान दिएको छ ” उनको शुभकामना सन्देशमा उल्लेख छ ।
नीति, योजना तथा कार्यक्रममा लैङ्गिक मूल प्रवाहीकरणलगायत लैङ्गिक उत्तरदायी बजेटका माध्यमबाट लैङ्गिक समता र समानता प्रवद्र्धनका साथै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको अवलम्बन गरिएको मुख्यमन्त्रीले अधिकारीले जनाएका छन् ।
प्रदेश सरकारले जोखिमपूर्ण अवस्थाका गर्भवतीको हवाई उद्धार, पोठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार, महिला तथा १६ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र हिंसापीडित महिलाका लागि सीप विकास र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
वि.सं.२०७९ फागुन २४ बुधवार १२:०६

















