आजको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०७८ चैत १२ शनिवार ०६:५७
1.44K
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२२ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तै युरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ।
सँगै बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७८ चैत १२ शनिवार ०६:५७
















