नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, ओलीद्वारा दुःख व्यक्त
वि.सं.२०७९ असार ८ बुधवार २१:४८
1.86K
shares

काठमाडौं-नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । बिजुक्छे पत्नी शोभा प्रधानको बुधबार निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित प्रधानको क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला निधन भएको हो । प्रधानका दुई छोरा रहेका छन् ।
यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष मित्र बिजुक्छेलाई परेको पत्नी शोकले आफु दुखित भएको बताएका छन् ।
साथै अध्यक्ष ओलीले दिवंगत शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।
वि.सं.२०७९ असार ८ बुधवार २१:४८

















