skip this

वृद्धामाथि कुटपिट गरेको आरोपमा जनप्रतिनिधिविरुद्ध उजुरी

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

दाङ-दाङमा एक जनप्रतिनिधिले ७५ वर्षीय वृद्धामाथि कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ ।

घोराही उपमहानगरपालिका–१८ की वडा सदस्य दीपा नेपालीले स्थानीय ७५ वर्षीय वृद्धा रुकुमादेवी नेपालीलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो ।

कुटपिटबाट रुकुमादेवीको बायाँ हात नचल्ने अवस्थामा रहेको र लगाएको कपडा पनि च्यातिएको जनाइएको छ ।

एमालेबाट दलित महिला सदस्यमा निर्वाचित दीपाले आफूलाई मत नदिएको भन्दै रुकुमादेवीमाथि कुटपिट गरेको आरोप पीडित पक्षको छ ।

nijgadh-supermart-adz1200-630