सिम्पल आर्ट्सकाे रजत महोत्सवमा पच्चीसौ सिम्पल सम्मान प्रदान

231 shares

काठमाडौं-सिम्पल आर्ट्सले आफ्नो रजत महोत्सवको अवसर पारेर फागुन ७ गते विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका पाँच प्रतिभालाई सिम्पल सम्मान २०७९ प्रदान गरिएको छ ।

सभापति, प्रमुख अतिथि, अतिथि, मन्च बिना नै आयोजना गरिएको सो कार्यक्रममा कलाकार प्रज्ञा जोशीलाई साहित्यकारहरु विष्णु ओली, सन्तोष पोखरेल, प्रिन्सिपल ज्ञानेन्द्र भट्टराईले खादा, रुद्राक्षको माला र सास लगाइदिएर र साहित्यकार दिवाकर विक्रम शाहले सम्मान पत्र प्रदान गरेर सम्मानित गरिएकाे हाे ।

यसरीनै साहित्यकार ललिता दोषीलाई साहित्यकारहरु राजेशान केसी, उर्मिला पन्त पाण्डेय, राजबाबु श्रेष्ठ सागर, गङ्गा कर्माचार्य पौडेल, पत्रकार केशव पाठकलाई उपन्यासकार शंकर भारती, साहित्यकार ढुण्डीराज पोखरेल, शिक्षिका रजनी बस्नेत र साहित्यकार तिलकप्रसाद लुइँटेल, गायिका स्वेता उप्रेतीलाई सङ्गीतकार तथा निर्देशक केशव सान्दाइ, कलाकार तथा साहित्यकारहरु विक्रममान श्रेष्ठ, माधवलाल श्रेष्ठ र कामनपा वडा ३१ का अध्यक्ष सरोज ढकाल र शिक्षासेवी शेषमणि भट्टराईलाई साहित्यकारहरु कलाधर काफ्ले, विष्णुबहादुर सिंह, मधुसूदन घिमिरे र वेदमणि घिमिरेले माला, रुद्राक्षको माला, सास र सम्मान पत्र प्रदान गरिएको थियाे ।

सस्थाको अध्यक्ष गायक पुष्कर जङ्गमले सम्मानित सबैलाई टिका लगाइदिनु भएको थियो । शिक्षासेवी भट्टराईलाई उहाँका विद्यार्थीहरु सरोज ढकाल,रोसन गिरी, कृष्ण खड्का, कुमार चिमोरिया, श्रीधर रेग्मी, सपना शिवाकोटी लगायतले खादा लगाइदिइ सम्मानित गर्नुभएको थियो ।

पुर्व अध्यक्ष विमल कोइरालाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा अध्यक्ष पुष्कर जङ्गमले स्वागत र सस्थापक कोषाध्यक्ष कल्पना शिवाकोटीले सस्था गतिविधि बारे जानकारी गराउनुको अलावा कसैको मन्तव्य राखिएको थिएन ।

रजत उत्सवको अवसरमा केट काटिएको थियो भने राजनितीज्ञ तथा कवि रविन्द्र मिश्र, साहित्यकारहरु डा. मधुसूदन लामिछाने, दुर्गा अधिकारी भमरकोटे, रामकुमार पण्डित क्षेत्री र रन्जु दाहालले रचना वाचन गर्नुभएको थियो ।

उपस्थितिहरु मध्ये एक जनालाई गोला प्रथा मार्फत दिइने पुरस्कार प्रभा श्रेष्ठले प्राप्त गर्नुभएको सो कार्यक्रममा छ दर्जन व्यक्तित्वको उपस्थिति रहेको थियो ।

२०५५ साल फागुन ७ गते विमल कोइराला ,केशव सान्दाइ र निबन्ध आचार्यले पहिलो सिम्पल सम्मान कार्यक्रम आयोजना गरेर सिम्पल आर्ट्स नामक सस्था स्थापना गर्नुभएको थियो ।