skip this hetauda tech

दुर्गा प्रसाइँले एमाले छोड्दै, आजै ओलीलाई राजीनामा बुझाउने तयारी

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मेडिकल व्यवसायी एवं नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले पार्टीबाट राजीनामा दिने तयारी गरेका हुन् ।

उनले आजै काठमाडौं आएर राजीनामा पत्र बुझाउने तयारी रहेको उनी निकट स्रोतले लोकपथलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पत्र बुझाउने तयारी रहेको छ । यसअघि शनिबार पनि उनले अध्यक्ष ओलीलाई भेटेका थिए ।

‘आजै पार्टी परित्याग गरी राजीनामा पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाउने तयारी छ ।’ स्रोतले भन्यो ।

केही दिन अघि काँकडभित्तामा पूर्व राजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरुलाई राखेर मेची महाकाली अभियानको शुरुवात गरेका थिए । त्यससँगै पार्टी पंक्तिबाट उनलाई कारबाहीको माग भइरहेको छ ।

त्यसअघि नै उनले पार्टी परित्याग गर्न लागेका हुन् ।

nijgadh-supermart-adz1200-630