skip this

स्वर्ण पदक विजेता मनिषालाई निजगढ ४ नम्बर वडा कार्यालयद्वारा सम्मान

5.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-७ औं दक्षिण एशियाली च्याम्पियनसिप आईटिएफ तेक्वान्दो प्रतियोगिताकी स्वर्ण पदक विजेता तेक्वान्दो खेलाडी बाराको निजगढमा सम्मानित भएकी छिन् ।

साउन १९ देखि २१ गतेसम्म भारतको हैदराबादमा भएको ७ औं दक्षिण एशियाली च्याम्पियनसिप आईटिएफ तेक्वान्दो प्रतियोगितामा निजगढ ४ की लिला कुमारी सापकोटा (मनिषा) ले स्वर्ण पदक जितेकी थिइन् ।

४४ किलो तौलमा प्रतिस्पर्धा गरेकी मनिषाले स्वर्ण पदक जितेर देशको नाम राखेको भन्दै निजगढ नगरपालिका वडा नं.४ कार्यालयले नगदसहित सम्मान गरेको हो ।

उनले वडा अध्यक्ष विसन सापकोटाले वडाको तर्फबाट नगद रु १० हजार पाँच रुपैयासहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा वडाबाट कार्यपालिकामा प्रतिनिधित्व गरेकी कार्यपालिका सदस्य मिना चौरेल, कार्यपालिका सदस्य सर्मिला विक, वडा सदस्य सागर गौतम, जन कल्याण आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम खड्का, प्रधानाध्यापक मधुसुदन अधिकारी, स्थानीय अगुवा राजकुमार कार्की, रामचन्द्र बुढाथोकीलगायत सहभागिता रहेका थिए ।

नेपाल साफ यू–१९ च्याम्पियनसिपमा चम्किएका समिर तामाङलाई गृह नगरमा सम्मान

nijgadh-supermart-adz1200-630