skip this farak Kura Pravakar

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा सिंगौल र लाल खेल्ने

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

फ्याफुल्ला फुटबल क्लबको आयोजनामा असोज १७ गतेदेखि कार्तिक २ गतेसम्म पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिताको आयोजना हुन गईरहेको हो ।

निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक फ्याफुल्ला फुटबल क्लबका प्रतियोगिता संयोजक कमान सिं थिङ्गले बताए ।

निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा क्लबका उपसमूह समेत गरि एकै क्लबका टोलीहरु पनि समावेश रहेको संयोजक थिङ्गले बताए ।

नगरपालिका, उपमहानगरपालिका र  गाउँपालिका स्तरबाट खेलाडीहरुलाई प्रशिक्षण सहित फुटबल खेलमा सहभागी गराई खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतियोगिताको सचिव जीवन लामाले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न भए पश्चात क्लबहरुले नियमित रुपमा खेलाडीहरुलाई प्रशिक्षण गराउने वातावरण समेत सृजना हुने लामाले बताए ।

पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको शिव शक्तिश्वर मन्दिर गुफा र झर्नाको प्रबद्र्धनको उद्देश्यले पनि यो प्रतियोगिता आयोजना गरेको लामाले बताए ।

प्रतियोगितामा (एनएफसी) निजगढ–९, (रोयल वनस्थली) सिगौंल, सनराईज युनाइटेड बागदेव निजगढ–४, (सिवाईसी) चिसापानी, टीवाईसी बुङ्गजोर, यसवाईसी रामथली, एफसी कोलगाँऊ निजगढ–१२, पानीट्यांकीटोल रतनपुर, नयाँ वस्ती युवा क्लब जितपुरसिमरा–२२, वाइटीसी निजगढ–६, न्यु जनाजगृती निजगढ–५, योङ्ग व्याईज रौतहट, रतनपुर युनाईटेड निजगढ–११, चकरी युथ क्लब जितपुरसिमरा–२२, योङ्ग स्टार निजगढ–१० लाल, सबुज गण आधाभार, सिद्धिबाबा अम्लेखगञ्ज, ओझेल युथ क्लब टांगियावस्ती जितपुरसिमरा–१६, केवाईसी मानेचोक भक्तलाल र आयोजक फ्याफुल्ला फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन ।

प्रतियोगिताको उदघाटन खेल असोज १७ गते वुधबार रोयल वनस्थली सिगौंल र योङ्ग स्टार लालबीच प्रतिस्पर्धा हुने छ ।

डम्बरपुरमा १७ असोजबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने

nijgadh-supermart-adz1200-630