skip this farak Kura Pravakar

डम्बरपुरमा १७ असोजबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने

1.82K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा बुधबारबाट पुरुष खुल्ला नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

फ्याफुल्ला युथ क्लबको आयोजनामा बडा दशैंको अवसरमा असोज १७ गतेबाट प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद २५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

फ्याफुल्ला युथ क्लको खेल मैदानमा हुने आयोजक सस्थाका अध्यक्ष कमान थिङ्गले जानकारी दिए ।

यसैविच प्रतियोगिताको लागि १३ नं. वडा कार्यालयले सहयोग गर्ने भएको छ ।

अध्यक्ष सुर्य घलानले फ्याफुल्ला युवा क्लबलाई ५० हजार बजेट दिने प्रतिबद्धता गरेका छन् ।

फुटबल हस्तान्तरण गर्दै वडा अध्यक्ष स्वर्ण लामा ।

त्यसैगरि निजगढ नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामाले फुटबल सहयोग गरेका छन् ।

nijgadh-supermart-adz1200-630