skip this

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुने

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा आज दुई वटा खेल हुदैँछ ।

फ्याफुल्ला फुटबल क्लबको आयोजनामा निजगढ वडा नम्बर १३ फ्याफुल्ला फुटबल क्लबस्थित खेल मैदानमा हुने पहिलो खेल सनराईज युनाइटेड निजगढ–४ र एफ सि कोलगाउ निजगढ–१२ बिच दिउ“सो ०१ः०० बजे हुनेछ ।

त्यस्तै दोस्रो खेल वाई बि वाई सि चन्द्रपुर–८, रौतहट र चकरी जीतपुरसिमरा–२२ बीच अपरान्ह ०३ः०० बजे हुनेछ ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा पानी ट्याङ्की रतनपुर र शिद्धबाबा अम्लेखगञ्ज बिजयी भएको थियो । ट्राईब्रेकरमा २–१ गोल अन्तरले नया“बस्तिलाई पछि पार्दै पानी पानी ट्याङ्की युवा क्लब विजयी भएको हो ।

त्यसैगरि सि वाई सि निजगढ–१०, लाल, चिसापानी (रातो) लाई २–० गोलको अन्तरले पराजित गर्दैै शिद्धबाबा विजयी भएको हो ।

प्रतियोगितामा विजेताले ५० हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार नगदसहित शिल, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

निजगढ नगरपालिकालगायत विभिन्न पालिकाहरु गरी २२ वटा क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता : पानी ट्याङ्की र शिद्धबाबा बिजयी

nijgadh-supermart-adz1200-630