skip this

फ्याफुल्ला नकआउट फुटबल प्रतियोगिता : पानी ट्याङ्की र शिद्धबाबा बिजयी

1.64K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरमा सञ्चालन भईरहेको फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा पानी ट्याटङ्की रतनपुर र शिद्धबाबा अम्लेखगञ्ज बिजयी भएको छ ।

फ्याफुल्ला युवा क्लबले डम्बरपुर खेलमैदान आयोजना गरको प्रतियोगिता अन्तर्गत विहीबार भएको पहिलो खेलमा पानी ट्याङ्की युवा क्लब निजगढ –११, रतनपुर (सुन्तला रङ्गको जर्सी) २–१ गोल अन्तरले विजयी भएको छ ।

नया“बस्ती जितपुरसिमरा–२२ (निलो जर्सी) र पानी ट्याङ्की युवा क्लबबिचको खेलमा निर्धारित समयमा दुवै टोलीबाट समान ४–४ गोल भएपछि खेल ट्राईब्रेकरमा धकलिएको थियो ।

ट्राईब्रेकरमा २–१ गोल अन्तरले नया बस्तिलाई पछि पार्दै पानी पानी ट्याड्ढी युवा क्लब विजयी भएको हो ।

खेलको म्यान अफ द म्याच नया बस्तिका जर्सी नं.१० का खेलाडी सामिल सुनार घोषित भए । उनलाई अस्थायी प्रहरी पोस्ट रतनपुरका प्रहरी सहायक निरीक्षक जिबराम धितालद्वारा म्यान अफ द म्याच हस्तान्तरण गरे ।

त्यस्तै दोस्रो खेलमा शिद्धबाबा जितपुरसिमरा–२२, अमलेखगञ्ज (निलो) विजयी भएको छ । सि वाई सि निजगढ–१०,लाल, चिसापानी (रातो) र शिद्धबाबा विच भएको प्रतिस्पर्धात्मक खेलमा २–० गोलको अन्तरले शिद्धबाबा विजयी भएको हो ।

शिद्धबाबाको जितमा जर्सी नं.११ का खेलाडी सुजल लामाले खेलको सुरुवातीमै १ गोल र दोश्रो हाफको अन्तिम २ मिनेटको थप समयमा पुनः १ गोल गरेका थिए ।

खेलको म्यान अफ द हुन सफल सि वाई सि का जर्सी नं. ८ का खेलाडी आशिष मगर घोषित भए । उनलाई सिरोन एग्रोभेतका प्रोपाईटर पवन पाख्रिनले म्यान अफ द म्याच हस्तान्तरण गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दुई वटा खेल हुनेछ । पहिलो खेल सनराईज युनाइटेड निजगढ–४ र एफ सि कोलगाउ निजगढ–१२ बिच दिउ“सो ०१ः०० बजे हुनेछ । त्यस्तै दोस्रो खेल वाई बि वाई सि चन्द्रपुर–८,रौतहट र चकरी जीतपुरसिमरा–२२ बीच अपरान्ह ०३ः०० बजे हुनेछ ।

फ्याफुल्ला नकाउट फुटबल प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा मुख्य रेफ्रीको भुमिकामा रामकृष्ण गुरो र सहायक रेफ्रीको भुमिकामा सियाराम कुमर र अजय माझीले निभाएका थिए ।

 

nijgadh-supermart-adz1200-630