फ्याफुल्ला नकआउट फुटबल : एफसी र योङ्ग ब्वाईज विजयी
वि.सं.२०८० असोज १९ शुक्रवार २०:३५

बारा–बाराको निजगढ नगरपालिका–१३ डम्बरपुरमा सञ्चालित फ्याफुल्ला नकआउट फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा एफसी र योङ्ग ब्वाईज विजयी भएको छ ।
पहिलो खेलमा एफसी कोलगाउँले निजगढ–४ को सनराईज युनाईटेडलाई २–१ गोलको अन्तरले पराजित गरेको हो ।
एफसीको लागि बाबुराम थिङ्ग र सुमन लामाले समान एक/एक गोल गरे । सनराईजको लागि सुजन कुशवाहले सान्त्वना गोल गरे । उनले खेलमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
खेलको म्यान अफ द म्याच सनराईज युनाइटेडका खेलाडी अरिक तिमल्सिना घोषित भए ।
खेल जितेसँगै एफसी प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
त्यसै गरि दोस्रो खेलमा चकरी युथ क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै योङ्ग व्याईज विजयी भएको छ । योङ्ग ब्वाईजका लागि ओम धामीले खेलको दोस्रो मिनेट र पहिलो हाफको अन्तिम समयमा गोल गरे ।
त्यस्तै चकरीका सुवास लामाले खेलको अन्तिम थप २ मिनेटको समयमा सान्त्वना गोल गरे ।
खेलको म्यान अफ द म्याच चकरी युथका सुभाष लामा घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत शनिबार पनि दुई वटा खेल हुदैँ छ ।
पहिलो खेल एनएफसी निजगढ ९ र यसवाईसी निजगढ १२ विच दिउँसो १ बजे हुनेछ भने दोश्रो खेल फ्याफुल्ला युथ क्लब निजगढ १३ र यसवाईसी निजगढ ६ विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
वि.सं.२०८० असोज १९ शुक्रवार २०:३५

















