बारागढीमा ५ वटा मदिरा भट्टी र ५ हजार लिटर मदिरा नष्ट
वि.सं.२०८० असोज १९ शुक्रवार २०:०७
1.78K
shares

बारा–बाराको बारागढी गाउँपालिकामा प्रहरीले ५ वटा मदिरा भट्टी र ५ हजार लिटर मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले शुक्रबार बारागढी गाउँपालिका–३ खोपवा मा दुई ठाउँमा र बारागढी–२ दउरवामा ३ ठाउँमा मदिरा भट्टि नष्ट गरेको हो ।
त्यसैगरि ३५ हजार लिटर कच्चा पदार्थ समेत नष्ट गरिएको बारा प्रहरीले जनाएको छ ।
भट्टिबाट मदिरा राख्ने सानो ड्रम ११, ठुलो २३ वटा, मदिरा तयार पार्ने मेशिन २ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रवक्ता प्रहरी उपरीक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जनाएका छन् ।
बारामा दुई दिनमा ९४ हजार लिटर कच्चा पदार्थ र १७ वटा मदिरा भट्टि नष्ट
वि.सं.२०८० असोज १९ शुक्रवार २०:०७

















