skip this

निजगढमा खुल्यो फास्ट ट्रयाक बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. ! के–के पाईन्छ सेवा ?

घर, जग्गा, भौतिक संरचनाका विभिन्न प्राविधिक कार्य गरेर योगदान दिने

6.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा फास्ट ट्रयाक बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. सञ्चालनमा आएको छ ।

निजगढ–७ शहीदचोकमा कम्पनीको कार्यालय निजगढ नगरपालिकाका उपमेयर सोममाया थिङ, पूर्व मेयर सुरेश खनाल, नापी कार्यालय सिमराका प्रमुख प्रभुप्रसाद कोईरी, नापी कार्यालय चन्द्रपुरका प्रमुख क्रान्ति गुप्ताले संयुक्त रुपमा रिवन काटेर उद्घाट गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी उपमेयर थिङले निजगढमा जग्गा सम्बन्धि धेरै समस्या रहेको बताउँदै नगरपालिकाले समाधान गर्न प्रयत्नशील रहेको जानकारी गराईन् । उनले कम्पनी सञ्चालन आएसँगै नक्सा, डिपीआर लगायतका कार्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

त्यसैगरि कम्पनीका सञ्चालक भिष्मप्रसाद गौतमले लामो समय निजगढ बाहिर बसेर आर्जन गरेको पुँजी र शिपलाई गाउँफर्केर योगदान गर्ने इच्छा रहेको बताए । उनले कम्पनी मार्फत घर, जग्गा, भौतिक संरचनाका विभिन्न प्राविधिक कार्य गरेर योगदान दिने जानकारी दिए ।

कार्यक्रममा निजगढका पूर्व मेयर सुरेश खनाल, नापी कार्यालय सिमराका प्रमुख प्रभुप्रसाद कोईरी, नापी कार्यालय चन्द्रपुरका प्रमुख क्रान्ति गुप्ता, वडा अध्यक्ष टेकबहादुर लामा, सुर्यबहादुर थापा, समाजसेवी भोलाप्रसाद गौतम, रविराज दंगाल, खड्गप्रसाद उप्रेती, सुदर्शनप्रसाद कोईराला, अम्बिकाप्रसाद चौलागाई, विष्णु नेपाल, विष्णु खड्का, सार्वजनिक माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामा, पत्रकार गुरुप्रसाद गौतम लगायत स्थानीय व्यवसायि, विभिन्न कार्यालयका प्राविधिक कर्मचारीको उपस्थिति रहेको थियो ।


बाराको निजगढ ७ का भिष्मप्रसाद गौतम र निजगढ ९ का कृष्णश्री जोशीले कम्पनी सञ्चालनमा ल्याएका हुन् । भिष्मप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महेश्वर अधिकारीले गरेका थिए ।

nijgadh-supermart-adz1200-630