निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबार विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण हुने
वि.सं.२०८१ जेठ ३१ बिहीवार १५:५७

बारा-बाराकाे निजगढ नगरपालिकाले शुक्रबार विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य परीक्षण गरिने भएको छ ।
निजगढ वडा नं. ९ स्थित निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रवार जनरल फिजिसियन, मनोरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको हाे ।

स्वास्थ्य समस्या भएका नगरवासीहरुले स्वास्थ्य परीक्षण गरी लाभ उठाउनु हुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बतौलाले अनुरोध गरेका छन् ।
शिविरमा छाती दुखे, पोल्ने, वाकवाकी लाग्ने, खोकी लाग्ने, खकारमा रगत देखिने, पेट दुखे, अपच हुने, अनिन्द्रा, चिडचिडाहट, बेचैनी हुने, छारे रोग, मुटुको चालमा गडबढी, चिनिरोग, ब्लड प्रेसरको समस्या, हात खुट्टा, कम्मर, हड्डी दुखे, सुन्निने, पोल्ने समस्याकाे प्रशिक्षण गरिनेछ ।

वि.सं.२०८१ जेठ ३१ बिहीवार १५:५७


















