७ महिनापछि कलैयाका अर्का शैक्षिक व्यक्तित्व मारिए ! रामराजा क्याम्पस प्रमुखको गाेली हानी हत्या
दुई जना पक्राउ
वि.सं.२०८१ जेठ ३२ शुक्रवार २०:३९
बारा-बाराकाे सदरमुकाम कलैयाका अर्का शैक्षिक व्यक्तित्वले ज्यान गुमाएका छन् ।
शुक्रबार रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल–२ खजुरिया टोलका हरि भूषण कुशवाहाको हत्या भएको छ ।
करिब साढे ५ बाराको आदर्श कोतवाल नगरपालिका–३ बतरामा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुख कुशवाहाको हत्या भएको हाे ।
१३ कार्तिक २०८० मा कलैयाकै बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रुपेश सर्राफको गोली हानी हत्या भएको थियो ।
घर जाँदै थिए कुशवाहा
घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए । उनको पिठ्युँमा गोली लागेको थियो ।
गोली लागेर घाइते भएका कुशवाहाको बयोधा अस्पताल वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुई जना पक्राउ
अनुसन्धान जारी रहेकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएस्पी दधिराम न्यौपानेले बताए ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन ।
रुपेश हत्या प्रकरण : ३५ दिन अघि बारामै गोली हानेर हत्या गर्ने भारतीय सुटर प्रयोग
वि.सं.२०८१ जेठ ३२ शुक्रवार २०:३९