आज अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै, बजेटको मध्यावधि समीक्षा गर्ने
वि.सं.२०७९ माघ २९ आइतवार ०९:४२
1.25K
shares

काठमाडौं। आज बजेटको मध्यावधि समीक्षा गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन गर्दै छन् । अपरान्ह ५ बजे अर्थ मन्त्रालयको सूवर्ण हलमा पत्रकार सम्मेलन आयोजना हुने अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।
त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले आज बस्न लागेको प्रतिनिधि सभाको बैठकमा आ.व.२०७९–८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने कार्यसुची रहेको छ ।
वि.सं.२०७९ माघ २९ आइतवार ०९:४२
















