skip this farak Kura Pravakar

निजगढका चेपाङ समुदायका विद्यार्थीलाई स्टेशनरी र खाजा खर्चका लागि आर्थिक सहयोग

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–राष्ट्र निर्माण मञ्च नेपालको आयोजना, यु एनडिपिको सहयोग र निजगढ नगरपालिकाको सहकार्यमा बाराको निजगढका ३६ जना चेपाङ समुदायका विद्यार्थीलाई स्टेशनरी र खाजा खर्चका लागि आर्थिक सहयोग गरेको छ ।

निजगढको निजगढ–१३ डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभुत विद्यालयका कक्षा नर्सरी देखि ८ सम्म अध्ययनरत ३१ जना, पेरिक एकेडेमीमा अध्ययनरत दुई जना र रतनपुरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ९, ११ र १२ मा अध्ययनरत छात्राहरु गरि ३६ जना चेपाङ समुदायका विद्यार्थीलाई सहयोग गरेको हो ।

विद्यार्थीलाई स्टेशनरी र खाजा खर्च बापतको प्रति दिन ५० रुपैँयाका दरले प्रति विद्यार्थी रु. एक हजार पाँच सयका दरले सहयोग गरिएको हो । सहयोग रकम शनिबार एक कार्यक्रमका विच विद्यार्थीका अभिभावकलाई हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं निजगढ १३ नं. वडा अध्यक्ष सुर्य घलानको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य प्रहार ढुंगाना, विद्यालयकी प्रधानाध्यापक पविता काफ्ले, शिक्षक पवन विश्वकर्मा, कार्यक्रम संयोजक प्रतीक कर्माचार्य, सुमन न्यौपाने, राष्ट्र निर्माण मञ्च नेपालका केन्द्रिय सदस्य हिरा बहादुर सारु मगर, अध्यक्ष निर्मल कुमार उप्रेती, मधेस प्रदेश संयोजक प्रविन उप्रेती, सहयोगी प्रल्हाद सापकोटा लगायतको बिशेष उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630