skip this farak Kura Pravakar

आशा लघुवित्त निजगढ शाखाको वित्तिय साक्षरता सञ्चालन

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–आशा लघुवित्त वित्तिय संस्था लि. निजगढ शाखाले मंगलबार वित्तिय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठि सञ्चालन गरेको छ ।

जेष्ठ सदस्यलाई मन्जु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन निजगढ नगरपालिका वडा नं. ८ का कार्यबाहक वडा अध्यक्ष सालिकराम ढुंगानाले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।

उद्घाटन कार्यक्रममा ढुंगानाले लघुवित्तबाट लिएको ऋणको सहि सदुपयोग गर्न आग्रह गरेका थिए । उनले फजुल खर्चमा ऋण लिएको रकम मास्दा विभिन्न सामाजिक विकृती आएको बताए ।

त्यस्तै पत्रकार महेश्वर अधिकारीले लद्युवित्तले विश्वास गरे विना धितो लगानी गरिरहेकाले त्यसलाई कायम गर्न अनुशासित भएर व्यवसायिक कारोबारको लागि ऋण रकम उपयोग गर्नुपर्ने धारणा राखे ।

ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, केन्द्रीय कार्यालयका अनुगमन अधिकृत रामबाबु साह लगायतको आतिथ्यता रहेको थियो ।

शाखा प्रमुख रमेशकुमार खतिवडा

कार्यक्रमबारे जानकारी शाखा प्रमुख रमेशकुमार खतिवडाले गरेका थिए भने कार्यक्रममा स्वागत शाखाका कर्मचारी भिमबहादुर स्याङतानले गरेका थिए भने कार्यक्रमको सञ्चालन नम्रता तामाङले गरेकी थिईन् ।

nijgadh-supermart-adz1200-630