निजगढ-६ सडक टाेलमा आगलागीबाट २१ लाख बराबरको क्षति

वि.सं.२०८१ फागुन २९ बिहीवार १९:५१

निजगढ-बाराकाे निजगढ नगरपालिका-६ सडक टोल स्थित एक घरमा आगलागी हुदाँ २० लाख बराबरको क्षति भएको छ ।
बिजुली तार सर्ट भएर आगलागी हुँदा स्थानीय बच्चु राम घिमिरेको काठ र टाईल भएको दुई तल्ले घर, गोठघर,पुर्ण रुपमा जलि नष्ट भएको छ ।
आगाेले घरसहित अनपात, नगद एक लाख, कागजपत्रहरु, कपडालत्ता जल्दा अन्दाजी २१ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
अगो निभाउने क्रममा बच्चुरामकी श्रीमती ५५ वर्षिया सुनिता घिमिरेको बाँया हातमा आगोले पोलेको छ । उनकाे अवस्था समान्य रहेको र स्थानिय मेडिकल निजगढमा उपचार भईरहेको छ ।
त्यस्तै गोबिन्द बजगाईको घरको पाली जली समान्य क्षति भएको छ । आगाेले एक लाख बराबरको क्षेति भएको ।
आगाे नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय निजगढ, बिपत ब्यवस्थापन सुरक्षा बेस निजगढ बाराबाट टोली, स्थानियहरु र निजगढ र कोल्हबी नगरपालिकाकाे दमकलको सहयोगमा ४० मिनेटपछि नियन्त्रणमा आएको थियाे ।
दिउँसो दुई बजेर ४० मिनेटमा सुरु भएको आगाे तीन बजेर २० मिनेटमा पुर्ण रुपमा नियन्त्रणमा आएको आगाे लाग्नुकाे कारण बिजुली तार सर्ट रहेकाे प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ फागुन २९ बिहीवार १९:५१