जीतपुरसिमरा उपमहानगरले नवौं स्थापना दिवस मनाउँदै, आज सार्वजनिक विदा

वि.सं.२०८१ फागुन २७ मंगलवार ०७:५७

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आज ९ औं स्थापना दिवस मनाउँदैछ ।
स्थापना दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको छ । अवसरमा उपमहानगर भित्र रहेका मातहतका कार्यालय तथा शैक्षिक संस्थामा विदा दिएको हो ।
उपमहानगर स्थापना दिवसका अवसरमा सार्वजनिक विदा दिने सम्बन्धमा आइतबार नगर प्रमुख स्तरीय निर्णय भएको उपमहानगरका अधिकृत पूर्णप्रसाद तिवारीले एक सूचना प्रकाशन गरी जानकारी दिएका छन् ।
मुलुकभरका उच्च १७ स्थानीय तहमध्येको एक हो, जीतपुरसिमरा उपमहानगरपालिका । गढीमाई नगरपालिकाबाट जीतपुरसिमरा उपमहानगरपालिकामा परिणत यस उपमहानगरपालिकामा साविकका भवानीपुर जीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर, छातापिपरा, अमलेखगञ्ज, इनर्वासिरा गाविसको पुरै भाग र मनहर्वा गाविसको (१,२,३,७,८,९), हरैयाको (१) र रामपुरटोकनी (३) नम्बर वडा समेटिएको छ । यस उपमहानगरपालिकामा २४ वटा वडा छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या ११७,९५० रहेको छ भने क्षेत्रफल करीव ३१४ वर्ग किमी छ ।
उपमहानगरपालिकाको पूर्वमा निजगढ नगरपालिका, कोल्हवी नगरपालिका र करैयामाई गाउपालिका, पश्चिममा वीरगञ्ज महानगरपालिका, उत्तरमा हेटौडा उपमहानगरपालिका र दक्षिणमा परवानीपुर गाउपालिका, प्रसौनी गाउपालिका र कलैया उपमहानगरपालिका रहेका छन् ।
साविकको भवानीपुरजीतपुर, पिपरासिमरा, डुमरवाना, फत्तेपुर र छातापिपरा गाविसलाई समेटेर गढीमाई नगरपालिका बनाइएको हो । गढीमाई नगरपालिकामा १६ वटा वडा रहेका थिए । हाल जीतपुरसिमरा उपमहानगरपालिकामा साविकका तपसिल बमोजिम क्षेत्रहरु समेटिएका छनः
पिपरासिमरा गाविसको १, २, ९ नम्बर वडा मिलाएर वडा नम्वर १
पिपरासिमरा गाविसको ३ र ४ नम्बर वडा मिलाएर वडा नम्वर २
पिपरासिमरा गाविसको ५ र ८ नम्बर वडा मिलाएर वडा नम्वर ३
पिपरासिमरा गाविसको ६ र ७ नम्बर वडा मिलाएर वडा नम्वर ४
भवानीपुर जीतपुरको १, ५, ६, ७ (क) नम्बर वडा मिलाएर वडा नम्वर ५
भवानीपुर जीतपुरको ४ नम्बर वडा मिलाएर वडा नम्वर ६
भवानीपुर जीतपुरको ३ नम्बर वडा मिलाएर वडा नम्वर ७
भवानीपुर जीतपुरको ७ (ख), ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर ८
छातापिपरा गाविसको २, ३, ५, ६ र ९ नम्बर वडा मिलाएर वडा नम्वर ९
छातापिपरा गाविसको १, ४, ७ र८ नम्बर वडा मिलाएर वडा नम्वर १०
फत्तेपुर गाविसको वडा नम्बर ७, ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर ११
फत्तेपुर गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर वडा नम्वर १२
डुमरवाना गाविसको १, २, ३ र ५ नम्बर वडा मिलाएर वडा नम्वर १३
डुमरवाना गाविसको ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर १४
डुमरवाना गाविसको ४ र ६ नम्बर वडा मिलाएर वडा नम्वर १५
डुमरवाना गाविसको ७ नम्बर वडा मिलाएर वडा नम्वर १६
गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै निम्न गाविसका निम्न वडा गाभिएको थियो ।
मनहर्वा गाविसको १, २, र ८ नम्बर वडा मिलाएर वडा नम्वर १७
मनहर्वा गाविसको ३, ७ र ९ नम्बर वडा मिलाएर वडा नम्वर १८
ईनर्वासिरा गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर वडा नम्बर १९
ईनर्वासिरा गाविसको ७, ८ र ९ नम्बर वडा मिलाएर वडा नम्वर २०
अमलेखगञ्ज गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर वडा नम्वर २१
अमलेखगञ्ज गाविसको वडा नम्बर ७, ८ र ९ नम्वर वडा मिलाएर २२
रामपुर टोकनी गाविसको वडा नम्बर ३ लाई वडा नम्बर २३
प्रष्टोका गाविसको वडा नम्बर १ र २ मिलाएर वडा नम्वर २४

वि.सं.२०८१ फागुन २७ मंगलवार ०७:५७