skip this

नेपालमा पहिलोपटक छाती नचिरी मुटुको अपरेसन सम्पन्न (भिडियाे)

‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ले देशमै पहिलोपटक छाती नचिरी मुटुको अपरेसन

1.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेपालमा पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिया गरिएको छ।

काठमाडौंको बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ले देशमै पहिलोपटक छाती नचिरी मुटुको अपरेसन गरेको हो। चिकित्सकका अनुसार ट्रान्सक्याथेटर अर्डिक पद्धतिमार्फत मुटुको शल्यक्रिया गरिएको हो, जसमा छाती चिरिरहनु पर्दैन।

उक्त विधिबाट यही फागुन १६ गते ८० वर्षीया महिलाको मुटुको सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ।

चिकित्सकका अनुसार यस पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमकाे तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मीत भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ।

प्रत्यारोपण गरिएको भल्बले तुरुन्तै काम गर्ने भएकाले बिरामी चाँडै तंग्रिने चिकित्सकले बताएका छन्।

सन् २००२ देखि यो उपचार पद्धतिको अध्ययन गरिएको र हाल ८० वर्षभन्दा कम उमेरमा यो उपचार विधि प्रयोग नगरिने अस्पतालका चिकित्सकले बताएका छन्।

@ganeshnewsnepal नेपालमा पहिलोपटक छाती नचिरी मुटुको शल्यक्रिया गरिएको छ। काठमाडौंको बाँसबारीस्थित ‘शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र’#nepalitiktok ♬ original sound - Ganesh✅
nijgadh-supermart-adz1200-630