skip this

पूर्व जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन

1.6K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएको छ । चौधरीको शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताईन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् ।  संविधान सभा २०७० को सभासद रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा ९संयुक्त० र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो । देउवाले मन्त्रिपरिषद् पुर्नगठन गरी ६४ सदस्यीय बनाएका थिए ।

वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उनको श्रीमान, एक छोरा र दुई छोरी छन् ।

 

 

nijgadh-supermart-adz1200-630