skip this

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-लगातार दोस्रो पटक फ्रान्स विश्वकप फुटबलको फाइनलमा पुगेको छ। साविक विजेता फ्रान्स गएराति अल बायत स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

फ्रान्सको जितका लागि खेलको पाँचौं मिनेमा हर्नान्डेलले पहिलो गोल गरे। फ्रान्सका लागि दोस्रो गोल खेलको ७९ औं मिनेटमा राण्डल कोलो मुवानीले गरेका थिए। फ्रान्ससँग २–० ले पराजित भएको मोरोक्कोले पहिलो पटक विश्वकपको सेमिफाइनल खेलेको हो।

उपाधिका लागि फ्रान्सले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। विश्वकप फुटबलको फाइनल आइतबार राति हुँदैछ।

मंगलबार राति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गरेको थियो।

सेमिफाइनलमा फ्रान्ससँग पराजित मोरक्को र अर्जेन्टिनासँग पराजित क्रोएसियाबीच भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

nijgadh-supermart-adz1200-630