गौरीशंकर क्याम्पस निजगढको १८ औं बार्षिकोत्सव तथा क्याम्पस सभाको उद्धाटन
वि.सं.२०८१ पुस २ मंगलवार २२:३४

बारा–बाराको निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको १८ औं बार्षिकोत्सव तथा क्याम्पस सभाको मंगलबार उद्धाटन गरिएको छ ।
क्याम्पस सभाको बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र प्रदेश सभा सदस्य मिना लामा गमलामा जलशेचन गरेर उद्धाटन गरेका छन् ।
सभामा संघीय सांसद मैनाली, मधेस प्रदेश सभासद लामा, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरका पूर्वप्रमुख सुरेश खनाल, पूर्वउपप्रमुख लिलादेबी लामिछाने खनाल, निजगढ खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सुदर्शन कोइराला, क्याम्पस व्यवस्थापन समितिका सल्लाहाकार बेनीबहादुर मोक्तान, विद्यार्थी समाजका अध्यक्ष केदार खरेल, नेपाली कांग्रेस नगर सभापती नवराज तिमल्सिना, माओवादी केन्द्रका सन्तोष दङ्गाल, राप्रपाका खडगप्रसाद उप्रेती, जनमत पार्टीका मोजहर मन्सुर, नेकपा एकिकृत समाजवादीका भिमसेन सापकोटा, विद्यार्थी प्रतिनिधि किसान खड्कालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम भट्टराईले क्याम्पसको शैक्षिक गतिविधिको प्रतिवेदन र लेखापाल दिपक श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको शिक्षक सागर दहालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य र मनोरञ्जनात्मक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

वि.सं.२०८१ पुस २ मंगलवार २२:३४

















