गाैरीशंकर क्याम्पस निजगढकाे १९ ओैं वार्षिकोत्सब तथा क्याम्पस सभा सम्पन्न
वि.सं.२०८२ पुस २ बुधवार २१:३०

बारा-निजगढ ९ स्थित गौरीशंकर क्याम्पसको १९ ओैं वार्षिकोत्सब तथा क्याम्पस सभा सम्पन्न भएकाे छ ।
निजगढ नगरपालिकाकी उपप्रमुख सोममायाँ थिङ्गले वार्षिकोत्सवको मुख्य ब्यानर पढेर र गमलामा पानी हालेर उद्धाटन गरेकी छिन् ।
कार्यक्रममा प्राध्यापक जीवन काफ्लेले क्याम्पसको शैक्षिक प्रगतिको विवरण र लेखापाल दिपक श्रेष्ठले आर्थिक अवस्थाको बारेमा प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका निजगढ नगर सचिव थानेश्वर सापकोटा अविरल, नेपाली कम्यूनिष्ट पार्टीका नगर अध्यक्ष सन्तोष दङ्गाल, जनमत पार्टीका मोजहर मन्सुर, क्याम्पस स्ववियु सभापती बालकृष्ण हुमागाँई, पूर्वविद्यार्थी संघका संयोजक केदार खरेल, क्याम्पसका प्राध्यापक गोविन्द अधिकारीलगायतले मन्तव्य राखेका थिए ।
त्यसैगरी मधेस विश्व विद्यालयका डिन अन्जन मिश्राले क्याम्पसको शैक्षिक गुणस्तर सुधारको लागि सुझावहरु दिएका थिए ।

क्याम्पस प्राङ्गणमा भएको सो कार्यक्रममा क्याम्पसका चन्दादातालाई सम्मानपत्र र वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको अतिरिक्त क्रियाकलापमा विजयी छाछात्रालाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले चेतनामूलक नाटक र गीत तथा नृत्य प्रदर्शन गरेका थिए ।

क्याम्पस संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमकाे प्राध्यापक सागर दहालले संचालन र क्याम्पस प्रमुख भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

वि.सं.२०८२ पुस २ बुधवार २१:३०
















