skip this

ज्वाला कुमारी साह केन्द्रीय सदस्यमा निर्वाचित, प्रतिनिधि र शुभेच्छुकप्रति आभार व्यक्त

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (एमाले) को ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनबाट ज्वाला कुमारी साह अत्यधिक मतका साथ केन्द्रीय कमिटी सदस्य पदमा निर्वाचित भएकी छन्।

निर्वाचनपछि प्रतिक्रिया दिँदै केन्द्रीय सदस्य साहले आफूलाई विश्वास गरेर मत प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि कमरेडहरू, पार्टी नेतृत्व तथा देश–विदेशमा रहेका शुभेच्छुकप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेकी छन्।

उनले प्राप्त जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै पार्टीको विचार, नीति तथा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध भएर लाग्ने प्रण गरेकी छन्।

साहको केन्द्रीय कमिटीमा निर्वाचित हुनु पार्टीभित्र महिला नेतृत्व सुदृढीकरणतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
अध्यक्ष केपी ओली समुहबाट उम्मेदवार बनेकी थिईन् ।

nijgadh-supermart-adz1200-630