skip this farak Kura Pravakar

निजगढको गौरीशंकरका प्रधानाध्याक झालाई विज्ञान शिक्षक पुरस्कार र शिक्षक सम्मानबाट श्रेष्ठ सम्मानित

कसलाई के सम्मान ?

3.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयल प्राविधिक शिक्षालयका प्रधानाध्यापक र शिक्षक सरकारबाट सम्मानित भएका छन् ।

विद्यालयका प्रधानाध्यापक समेत रहेका विज्ञान शिक्षक बद्रिनारायण झा र सामाजिक विषय शिक्षक खड्गबहादुर श्रेष्ठ सम्मानित भएका हुन् ।

प्रधानाध्याकपक झा प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शिक्षक श्रेष्ठले सहरी विकास मन्त्री सीता गुरुङको हातबाट सम्मान पत्र ग्रहण गरेका हुन् ।

कसलाई के सम्मान ?

नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा स्थापित उत्कृष्ट विज्ञान शिक्षक पुरस्कार–२०७९ बाट झा सम्मानित भएका हुन् ।

प्रतिष्ठानद्वारा वि.सं. २०७६ देखि विज्ञान शिक्षाको क्षेत्रमा कार्यरत उत्कृष्ट विज्ञान शिक्षकको कदर, प्रोत्साहन तथा सम्मानको लागि स्थापित विज्ञान शिक्षक पुरस्कारबाट झा सम्मानित भएका हुन् ।

विगत लामो समयदेखि विज्ञान शिक्षामा समर्पित रही विद्यार्थीहरुमा विज्ञान शिक्षाप्रति जागरण तथा अभिरुचि बढाई विज्ञान शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याए वापत यो कदर पत्र प्रदान गरिएको हो ।

सम्मानपत्रमा भनिएको छ–तपाईलाई देशमा विज्ञान शिक्षाको विकासमा समर्पित रही सोको लागि गरिने कार्यहरूमा सफलता प्राप्त हुँदै जाओस एवम् यस पुरस्कारले अरू शिक्षकहरूलाई समेत विज्ञान प्रविधिको क्षेत्रमा गहकिलो योगदान गर्ने प्रेरणा प्रदान गरोस् भन्ने प्रज्ञा–प्रतिष्ठान हार्दिक कामना गर्दछ ।’

सम्मानपत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नास्टका प्रा.डा. दिलीप सुब्बा, सहकुलपति शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको हस्ताक्षर रहेको छ ।

त्यसैगरि अपाङ्ग भएका ब्यक्तिहरुको ३२ औ अन्तर्राष्ट्रिय दिवस–२०८० को अवसरमा समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोषद्वारा नेपाली समाजको सामाजिक, सास्कृतक तथा शैक्षिक उन्नयन एवम् रुपान्तरणका लागि पुर्याएको योगदानको कदर गर्दै शिक्षक श्रेष्ठलाई शिक्षक सम्मान प्रदान गरिएको हो ।

सहरी विकास मन्त्री माननीय सीता गुरुङको हातबाट शिक्षक सम्मान पुरस्कार सहित सम्मानित भएका हुन् ।

nijgadh-supermart-adz1200-630