skip this yams_Max_Hospital.jpeg

डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको साधारण सभा : दुध कृषकदेखि सञ्चारकर्मीसम्म सम्मानित

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा–१५ स्थित डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लि. को २९ औँ वार्षिक सभा सम्पन्न भएको छ ।

डुमरवाना बहुमुखी क्याम्पस परिषरमा आयोजित साधारण सभाको मधेस प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री जनार्दनसिंह क्षेत्रीले उद्घाटन गरेका छन् ।

२ हजार ८ सय ३३ जना सेयर सदस्य रहेको संस्थाका अध्यक्ष पण्डितले वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक तेजप्रसाद चौलागाईँले लेखा प्रतिवेदन र संस्थाको नीति तथा कार्यक्रम प्रस्तुति संस्थाका व्यवस्थापक सन्तोष भुजेलले गरेका थिए ।

कार्यक्रममा मन्त्री क्षेत्री, मधेस प्रदेश सांसद देवनारायण चौधरी, दुग्ध विकास बोर्ड मधेस प्रदेशका प्रमुख शंकर साह, जीतपुरसिमरा वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेल, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवकोटी, दुग्ध सहकारी संघका केन्द्रिय सचिव थानेश्वर सापकोटा, जनहित बहुउदेश्य सहकारी संस्थाका अनिल कुमार मैनाली, पूर्व अध्यक्ष भरतबहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विभिन्न विद्यामा सम्मान

सहकारीले विभिन्न विधामा काम गर्ने व्यक्तिहरुलाई सम्मान तथा प्रशंसा–पत्र प्रदान गरेको छ । यसरी सम्मान पाउनेहरुमा सर्वोत्कृष्ट कृषक वर्ष २०८१ तर्फ ब्रदर्श मल्टी प्रपोज फार्म, सिता पशुपालन फार्म, सावित्री भट्टराई आचार्य रहेका छन् ।

त्यस्तै उत्कृष्ट कर्मचारी वर्ष २०८१ तर्फ सुमन कुमार खत्री (उपकेन्द्र व्यवस्थापक) बाट, प्रमिला गौतम (बजार क्षेत्र) बाट, शिव बहादुर आले –चालक) बाट सम्मानित भएका छन् ।

त्यस्तै स्थानीय व्यापारी सम्मानबाट ढाकाराम लामिछाने सम्मानित भएका छन् । त्यस्तै सञ्चारकर्मी सम्मान पत्रकार प्रदिप गौतमले प्राप्त गरेका छन् । कृषिका क्षेत्रमा कलम चलाउने, किसानका समस्या उजागर गर्ने र चेतना फैलाउने भूमिका निर्वाह गरको भन्दै संस्थाले सञ्चारकर्मी गौतमलाई सम्मान गरेको हो ।

कार्यक्रममा जीतपुरसिमरा वडा नं. १५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने, १४ का वडा अध्यक्ष चयन मगर गुरुङ्ग, कार्यपालिका सदस्य प्रलाद साहलगायत स्थानीय जनप्रतिनिधि, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक शौरभ अधिकारी, सहकारी क्षेत्रका विज्ञ, शिक्षासेवी, समाजसेवी तथा दुग्ध किसानहरुको सहभागिता रहेको थियो ।

संस्थाका अध्यक्ष होमनाथ पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष नारायण प्रसाद घिमिरे र सञ्चालन व्यवस्थापक सन्तोष कुमार भुजेलले गरेका थिए ।

nijgadh-supermart-adz1200-630