skip this farak Kura Pravakar

सुशासन र विकास वर्तमान सरकारको मुख्य प्राथमिकता –प्रधानमन्त्री दाहाल

225 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुशासन र विकास वर्तमान सरकारको मुख्य प्राथमिकता भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । आज गोरखास्थित विकास हाइड्रोको विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता सुशासन र विकास भएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले हाइड्रो निर्माणमा संलग्नहरुलाई धन्यवाद पनि दिएका छन् ।

प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने जिकिर गरेका छन् । उनले गोरखा जिल्लामा हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गर्दै यसले स्थानीयलाई रोजगारीको प्रत्याभूत गराएको बताएका छन् । प्रधानमन्त्री दाहालले विगतका दिनहरूमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरूको विश्वास रहेको उल्लेख गरेका छन् ।

 

 

nijgadh-supermart-adz1200-630