सिंगौलमा गुम्बा मेला
वि.सं.२०८० मंसिर ७ बिहीवार १९:५७
1.81K
shares
बारा–बाराको निजगढ नगरपालिका–३ सिंगौलमा विहीबारदेखि गुम्बा मेला सुरु भएको छ ।
मंसिर ७ देखि ११ गतेसम्म चल्ने रात्रीकालिन मेलाको विहीबार साँझ उद्घाटन गरिदैछ ।
टासी घार्गेलीङ बौद्ध गुम्बाले हरेक पितृहरुको सम्झना तथा शान्तिको लागि पुर्(िामा बत्ती बाल्ने परम्परा अनुसार मेला आयोजना हुने गरेको छ ।
मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने गरेको छ । जहाँ राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने गरेका छन् ।
यो वर्ष चर्चित गायिका रचना रिमाल, उर्गेन दोङ, तिर्सना गुरुङ, अस्मिता तामाङ, प्रतिक ब्लोन, सन्जिब घिसिङका साथै अलिसा डान्स ग्रुपको प्रस्तुत रहने आयोजकले जनाएको छ ।
वि.सं.२०८० मंसिर ७ बिहीवार १९:५७