skip this

एकल महिला राष्ट्राध्यक्ष हुनु सबै नेपालीका लागि प्रेरणा हो –सिके राउत

951 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको भनाई छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै अध्यक्ष राउतले राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको बताएका हुन । जनमत पार्टीका कार्यकर्ताले नागरिकता विधेयक पारित नगर्दा राष्ट्रपति भण्डारीको पुतला समेत जलाएका थिए तर आज जनमत पार्टीका अध्यक्ष राउतले राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको भनि प्रसंशा गरेका छन् ।

राष्ट्रपतिको स्थान आफैंमा प्रेरणाको स्रोत रहेको उल्लेख गर्दै अध्यक्ष राउतले एउटा गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि अझ एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपति विद्या देवी भण्डारीज्यू सात वर्ष राष्ट्रियअध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैंमा सबै नेपालीको लागि प्रेरणा हो, यो नै गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो। अझ हामी जस्ता साधारण गरीब जनताका छोराछोरीहरू राष्ट्राध्यक्षको निवाससम्म गएर भेट्न सक्नु, सीधै कुरा राख्न सक्नु वा अझ जलपान समारोहमा बोलाइनु त्यो गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा मात्रै आज सम्भव भएको छ ।

nijgadh-supermart-adz1200-630