skip this yams_Max_Hospital.jpeg

चियाको लत छ ? तीन कपभन्दा बढी खाए यस्तोसम्म खतरा !

627 shares
oil-nigam-amlekhgunj-adv.jpeg

चियाको स्वादका पारखी नेपालमा धेरै भेटिन्छन् । नेपालमा चिया केवल एक पेय पदार्थ मात्र होइन, एक संस्कार नै बनिसकेको छ ।
   तपाई हामी पनि दैनिक कैयौं कप चिया पिउने गर्दछौं । तर दिनमा ३ कपभन्दा बढी चिया पिउनु भने हानिकारक हुने देखिएको छ । यूनिभर्सिटी अफ ग्लासगोको अनुसन्धान अनुसार दिनमा ३ कपभन्दा बढी चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।
   चियामा क्याफिनका साथै विभिन्न पोषक तत्व पाइन्छ जसको अत्यधिक सेवनले शरिरमा नकारात्मक असर पुर्‍याउने गर्दछ । तसर्थ सकेसम्म चियाको सेवनमा कमी ल्याउनु पर्दछ । अन्यथा नकारात्मक असर पार्न सक्छ । – धेरै चिया पिउँदा डर लाग्ने र अस्थिर हुने समस्या देखिन सक्छ ।
– यसको अत्यधिक सेवनले अपचको समस्या निम्त्याउने साथै पेटको समस्या बढ्न सक्छ ।
– चियाको अत्यधिक सेवनले हड्डी कमजोर हुनसक्ने केही शोधहरुमा देखिएको छ ।
– चियाको धेरै सेवन गर्दा निन्द्रा नलाग्ने समस्या हुनसक्छ ।
– चियामा पाइने क्याफेनले लत लाग्ने गर्दछ ।
– यसको लत लागेकालाई चिया नपाउँदा टाउको दुख्ने, थकान, सुस्त अनुभव हुने गर्दछ ।
– धेरै तातो चिया पिउँदा मुखलाई पेटसँग जोड्ने नली खराब हुने गर्दछ । – धेरै चिया पिउँदा बारम्बार पिसाब लाग्दछ ।
– छिटोछिटो पिसाब लाग्दा सोडियम, पोटासियमजस्ता शरिरकालागि अत्यावश्यक तत्व पनि बाहिर निस्कने गर्दछ र कमजोरी बढ्ने गर्दछ ।
– पाँच कपभन्दा बढी चिया पिउनेहरुको पिसाब ४/५ सय प्रतिशत बढ्ने गर्दछ ।
– यसले मृगौलामा धेरै दबाब पर्दछ र मृगौलामा समस्या हुनसक्छ ।
– चियामा हुने क्याफिनका कारण छिटो छिटो पिसाब लाग्दछ ।
– यसले शरीरको पानी बाहिर निस्कने गर्दछ र डिहाइड्रेसनको समस्या हुनसक्छ ।
– यसमा हुने एल्युमिनियमजस्ता थुप्रै टक्सिनले छालाको समस्या, डण्डीफोर र डाबरको समस्या हुनसक्छ ।
स्रोत : जागरन

nijgadh-supermart-adz1200-630