skip this

नेपालगन्जमा कोरोना संक्रमित महिलाको मृत्यु

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : बाँकेको नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्युु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिला रहेकि छिन् । उनकाे आज बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
उनको मृत्युसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाका मृतकको संख्या ३४६ पुगेको छ ।

nijgadh-supermart-adz1200-630