skip this farak Kura Pravakar

काठमाडौं उपत्यकामा भारी वर्षा, नदि तथा खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं गएराति देखि काठमाडौं उपत्यकामा भएको भारी वर्षाका कारण नदिनालामा पानीको बहाब बढेको छ । काठमाडौंका केहि ठाउँमा शनिबार दिउँसोदेखि नै पानी परेको र राती भने सबैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती ३ देखि ६ घण्टासम्म काठमाडौंका सबै ठाउँमा लगातार भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । सडक तथा नदी किरानका बस्ती र यात्रा गर्दा उच्च सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ । विष्णुमती, वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते र गोदावरी खोलामा बाढी आएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । विहान ५ बजे मनोहरा बालकुमारीको जल सतह साढे ३ मिटर माथी पुगेको छ।

nijgadh-supermart-adz1200-630