skip this farak Kura Pravakar

इटहरीको मेयरमा कांग्रेसका पौडेल निर्वाचित

2.8K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् ।

उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् ।

पौडेलले ३३ हजार ४९ मत ल्याउँदा सुब्बाले २८ हजार ३१ मत पाए । राप्रपाका आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् ।

चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए ।

nijgadh-supermart-adz1200-630