हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
वि.सं.२०७८ चैत १७ बिहीवार १२:४७
1.49K
shares

काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका हाल पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल हेटौडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०३ ००१ ख १३६५ नम्बरको बसले पैदलयात्री उनलाई आज बिहान सवा ४ बजे ठक्कर दिएको थियो ।
ठक्कर दिने बस सहित चालक ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको नियन्त्रणमा रहेका छन् ।
वि.सं.२०७८ चैत १७ बिहीवार १२:४७

















