skip this

यस्ता छन्, भिन्डी खानुका फाईदाहरु

2.63K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भिन्डी धेरैलाई मन पर्ने तरकारी मध्येको एक सब्जी हो । तर चिप्ले भिन्डी खादा मानिसलाई हुने फाइदाका बिषयमा धेरैलाई कम जानकारी हुन सक्छ ।लेडी फिङ्गर अर्थात चिप्ले भिन्डीको पकाएर खान जान्नेहरुका लागि भने यो एक प्रकारको स्वादिलो तरकारी भित्र पर्छ ।

यसलाई उसिनेर, काचै वा तरकारीको रूपमा पनि खान सकिन्छ । यो निकै स्वादिलो सब्जी हो, जो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । भिन्डीमा कम क्यालोरी हुने र फाइबर बढी हुने भएकाले तौल घटाउन मद्धत गर्छ । भिन्डीले मुटु रोग लाग्नबाट जोगाउछ ।

यसमा पाइने तत्वले खराब कोलेस्टेरोल घटाउछ । मधुमेह हुने सम्भावना कम गर्छ । पाचन शक्ति मजबुत बनाउछ । यसप्रकार छन् भिन्डी खानुका फाईदाहरु ।

चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ ।

भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।

भिन्डीको प्रयोगले केस लामो हुनुका साथै कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ।

भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।

हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाइलाई एनिमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ ।

तपाइलार्य कब्जियतको समस्या छ भने भिन्डीमा हुने फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।

भिन्डीले रगतमा चिनीको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी मानिन्छ ।

nijgadh-supermart-adz1200-630