skip this hetauda tech

धनुषामा हुण्डी कारोबारी पक्राउ

426 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- प्रहरीले धनुषाको लग्मा जटहीबाट हुण्डी कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा स्रोत नखुलेको चार लाखभन्दा बढी रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

प्रदेश २–०२–००४ प ७५३४ नम्बरको मोटरसाइकलमा सवार धनुषाधाम नगरपालिका–०७ बस्ने ३८ वर्षीय जाबिर राईनबाट स्रोत नखुलेको ४ लाख छ हजार एक सय पन्ध्र नेपाली रुपैयाँ बरामद गरिएको डीएसपी गौतमले बताए ।

 

nijgadh-supermart-adz1200-630