skip this yams_Max_Hospital.jpeg

प्रचण्डले काँध फेर्दा ‘वईटिङ पीएम’ देउवालाई झड्का !

८ औं पटक प्रधानमन्त्री बन्ने सपना अधुरो

1.46K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीलाई काँध फेर्ने संकेत गरेका थिए ।

विवादमा परेका र उपलब्धि मुलक काम गर्न नसकेका मन्त्री फेर्ने चाहानामा कांग्रेसले रुची नदेखाएपछि प्रचण्ड रुष्ट बनेका थिए ।

कांग्रेस महासमितिमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय हुने भएपछि थप संशंकित बनेका प्रचण्ड र जसरी पनि गठबन्धन भत्काउने ध्येमा रहेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको भरतपुर भ्रमण वर्ष उद्घाटन समारोहमा भएको उपस्थितिले पूर्व संकेत दिईरहेको थियो ।

परराष्ट्र मन्त्री एनपी साउदको भ्रमण रोकिएपछि अन्ततः मन्त्री फेरबदल पक्कापक्की बन्यो । गठबन्धन जोगाउन कांग्रेस सभापति देउवा मन्त्री फेर्न तयार भएका रुपमा लिईएको त्यो परिस्थिति रातारात गठबन्धन परिवर्तनमा परिणत बनेको छ ।

सबै भन्दा ठुलो दल कांग्रेससँग सहकार्य गरेर सरकारको नेतृत्व गरेको प्रचण्डले भरतपुरमा भनेझैँ काँध फेरेका छन् । काँग्रेसको ठाउँमा एमाले र रास्वपाको इन्ट्रि हुदैँछ ।

एमाले नेता सुरेन्द्र पाण्डले सामाजिक सञ्जालमा प्रचण्डकै नेतृत्वमा आजै सानो आकारको नयाँ मन्त्रीमण्डल बन्ने जानकारी गराएका छन् । यसरी पुराना मन्त्रीको विदाई भएसँगै नयाँ मन्त्रीको सथप पनि आजै हुने छ ।

देउवाको सपना अधुरो

गठबन्धन भत्किएको सबैभन्दा झड्का काँग्रेस सभापति देउवालाई लागेको छ । उनी ८ औं पटक प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गर्ने प्रतिक्षामा थिए । आगामी प्रधानमन्त्रीका रुपमा हेरिएका देउवाको सपना प्रचण्डले काँध फेरेसँगै भत्किएको छ ।

माओवादीसँग चुनावदेखि तालमेल गर्दै आएका देउवाले पार्टीलाई पहिलो नम्बरमा पु¥याएपनि प्रधानमन्त्री बन्ने चाहाना भने गठबन्धन फेरिएसँगै अधुरो भएको छ ।

nijgadh-supermart-adz1200-630