दुरसञ्चार कम्पनी सञ्चालकमा संकर लामिछाने निर्वाचित
वि.सं.२०७९ जेठ २८ शनिवार १५:१८
1.56K
shares

काठमाडौं । दाङ दंगीशरण–५, हेकुलीका शंकर लामिछानेले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, केन्द्रीय कार्यालयको सञ्चालक सदस्यमा निर्वाचित भएका छन् ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यायलमा शनिवार भएको निर्वाचनमा उनी सबैभन्दा बढी मत प्राप्त गरी सञ्चालक पदमा निर्वाचित भएका हुन् ।
उक्त पदका लागि आठ जनाले उम्मेदवारी दिएका थिए । त्यसमध्ये लामिछाने सर्वाधिक २१ सय १६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
वि.सं.२०७९ जेठ २८ शनिवार १५:१८
















