skip this

बिरगन्जमा राखेको पार्टीको बैठकमा जान असुरक्षा महसुस भयो– महेन्द्र राय

1.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट बिरगन्जमा केन्द्रीय समितिको बिस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले जान नसकेको बताएका छन् । आज काठमाडौंमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको बिस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए ।

बैठकमा उनले भने, ‘बिरगन्जको पार्टीको बैठक राख्नुको सन्देश के हो ? काठमाडौंमा के अशुविधा थियो र बिरगन्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्यो रु उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरु साथीहरूलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे ।

 

nijgadh-supermart-adz1200-630