skip this

पोखरीमा डुबेर सप्तरीमा एक जनाको मृत्यु

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ मुसहरी टोलका एक युवकको पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा लुराई सदाको ३० वर्षीय छोरा रामउदगार सदा रहेका छन् ।

घरबाट तेल लिन निस्केको सदाको शव पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । स्थानीयले पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा देखेपछि शवलाई पोखरीबाट बाहिर निकालेर प्रहरीलाई खबर गरेका थिए ।पोखरीमा डुब्नुअघि सदाले मादक पदार्थ सेवन गरेको पाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

 

nijgadh-supermart-adz1200-630