skip this

देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्छु– प्रचण्ड

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्नेनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । आफूले पढेको पोखरास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवको उद्घाटन गर्दै प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार गर्नेहरुलाई कडा कारबाही गर्ने बताएका हुन् । प्रचण्डले देशको नेतृत्व गर्ने अवसर प्राप्त भए भ्रष्टाचार नियन्त्रण गर्ने र भ्रष्टाचार नियन्त्रण यो देशको विकासका लागि अनिवार्य सर्त रहेको बताएका छन् ।

अब कसरी अगाडि बढ्ने भनेर घनिभूतरुपमा गृहकार्य गरिरहेको प्रचण्डले बताएका छन् । यो पटकको निर्वाचनमा जनताले प्रमुख राजनीतिक दललाई अवसर र चुनौती दिएको उनको भनाई छ । उनले सुशासन र समृद्धिको दृष्टिकोणले जनतालाई केहि दिन आवश्यक रहेको उल्लेख गरेका छन् । यो निर्वाचनबाट केहि नयाँ राजनीतिक दल जन्मिएकाले नयाँ दललाई नकारात्मक होइन सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।

उनले सबै राजनीतिक दलहरु अहिलेको परिस्थितिलाई कसरी ग्रहण गर्ने र आउने दिनमा जनताको बृहत्तर हीतमा लाग्ने विषयमा छलफल सुरु भएको जिकिर गरेका छन् । राजनीतिक परिवर्तनको दिगोपनमा प्रश्न उठिरहेको उनको भनाइ छ। प्रचण्डले राजनीतिक दलहरुले समीक्षा गर्दै आर्थिक विकासमा नयाँ क्रान्ति ल्याउनु पर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630