skip this

सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ–कमल थापा

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।उनले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराए । उनको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ । थापाले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।

उनले आज सामाजिक सञ्जालमा मार्फत आफ्नो धारणा राख्दै धर्म परिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको बताएका छन् । कसैले पनि यो विषयलाई चुनावी मुद्दा नबनाएको र संविधानले निषेध गरेको संगठित धर्म परिवतृनको आफ्नो पालिकामा रोक्छौं भन्ने प्रतिबद्धतसमेत कुनै दलले व्यक्त नगरेको बताए ।

सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई नभउको उनको भनाई छ । पूर्वराजा ज्ञानेन्द्रसँग मन मुटाव भएपछि थापा राजसंस्थाको एजेन्डा त्यागेर हिन्दु धर्मको मात्र एजेन्डा बोकेर हिँडेका छन् ।

nijgadh-supermart-adz1200-630